देशका केही ठाउँमा वर्षा

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशीमा हल्का वर्षा भइरहेको बेला मधेस र बागमती प्रदेशमा बादल लागेको छ।

गएराति खोटाङ, चितवन, म्याग्दी, दाङ र सिन्धुपाल्चोकमा ठूलो पानी परेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो। गएराति कम वर्षा भएको तराई क्षेत्रमा आज ठूलो पानी पर्नसक्ने सम्भावना छ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले खोटाङ, दोलखा, चितवन जिल्ला आसपास भएर बग्ने स–साना खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। दोलखाको खिम्ती खोला, चितवनको काली खोला र यस्तै अन्य साना नदीहरूमा बाढी र पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.