बैशाख ८, बिहिबार २०७९
बैतडी — यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीकोे मेलौली नगरपालिकामा नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखका लागि सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ । नगर कमिटीको पूर्ण बैठकले नगर प्रमुखमा भीम बहादुर चन्द ‘भुकम्प’ र उपप्रमुखमा मनिषा दयाल ‘निलम’ लाई अघि सारेको हो।
चन्द मेलौली नगरपालिकाका नगर कमिटी अध्यक्षसमेत हुन । उनी २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिंह नायकसँग २ सय ७८ मतले पराजित भएका थिए ।
नायकले २ हजार ३ सय ४४ र चन्दले २ हजार ७६ मत ल्याएका थिए । मेलौलीवासीको विकासका लागि माओवादी केन्द्रको नेत्तृत्वमा सरकार हुनुपर्ने भनाई रहेकोे भनाइ छ ।
मेलौलीमा अरु पार्टीले उम्मेदवार छान्न सकेका छैनन ।अन्य पार्टीमा धेरै जनाले आकांक्षा व्यक्त गरेका छन । नगरपालिकामा नेकपा एमालेबाट जगदीश सिह नायक मेयरका उम्मेद्वार चयन भएका छन । नेकपा जिल्ला कमिटिका अनुसार २०७४ सालको निर्वाचनमा प्रतयासी समेत रहेका नायकलाई यस पटक पुनः मेयरको उम्मेद्वारको रुपमा चयन भएका हुन ।उपमेयरको टुङ्गो लाग्न बाँकी छ ।
नेकपा एकीकृत समाजवादीले मेलौली नगरपालिकामा मेयर पदका उम्मेद्वारको टुङ्गो लगाएको छ । नेकपा एसको नगरकमिटिको बैठकले मेलौली नगरपालिकाको प्रमुखमा लक्ष्मण दत्त भट्टलाई उम्मेद्धार बनाउने निर्णय गरेको छ ।उपमेयरको टुङ्गो लाग्न बाँकी छ ।
यस्तै नेपाली काँग्रेसबाट मेयरका लागि ८ जना र उपमेयरका लागी ५ जनाको नाम सिफारिस गरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदकाका लागि ८ जना र उपमेयर पदका लागि ५ आकांक्षी देखिएका हुन ।
नगरपालीकामा सहमति हुन नसकेपछि जिल्ला कार्य समितिलाई उम्मेद्धारहरुको नाम सिफारिस गरिएको नेपाली काँग्रेस मेलौली नगर कार्य समितिका सचिब अशोक सिह बिष्टले बताए ।
बर्तमान मेलौली नगरपालीका नगर प्रमुख कृष्ण सिह नायक, प्रेम चँन्द (आगर), प्रेम चन्द (झुसिल), जनक भट्ट, सुरेन्द्र बहादुर चन्द, श्रवण ठगुन्ना, महेश भट्ट र ईश्वर भट्टलाई मेयर पदको लागि सिफारिस गरिएको सचिब बिष्टले बताए ।
यस्तै उपमेयर पदको लागि बर्तमान मेलौली नगरपालीका नगर उप–प्रमुख कुमारी राधा ओझा, पार्वती बोहोरा बिष्ट, राजु भट्ट, सरस्वती चँन्द र हिरा चन्दलाई सिफरिस गरिएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिको बैठकले आकांक्षीहरु मध्ये उम्मेद्वारको टुंगो लगाउने छ । जिल्ला कार्य समितिले पनि सहमति गर्न नसके प्रदेश कार्य समितिले उम्मेद्वारको टुंगो लगाउने बताईएको छ ।