कप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन्। ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरे।
उनी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए। उनले केही महिनाअघि बुझाएको राजीनामा केही दिनअघि स्वीकृत समेत भइसकेको प्रवक्ता घिमिरेले बताए।
राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ।