आज सबै प्रदेशमा पानी पर्ने, कोशी र मधेशमा हावाहुरीको सम्भावना

आज देशका सबै प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी प्रदेशको तराई भूभाग तथा मधेश प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्नेछ। दिउँसोभन्दा रातिको समयमा धेरै पानी पर्ने भएकाले सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्।

मौसमविद् विनोद पोख्रेलले देशभर मनसुन भित्रिएर दैनिकजसो पानी परिरहे पनि तराईका धेरै ठाउँमा राम्रोसँग वर्षा नभएको र खासगरी पूर्वी तराईमा लगभग सुक्खाकै अवस्था रहेको बताउनुभएको छ। तराई मधेशमा अझै केही दिन पर्याप्त वर्षा नहुने उहाँको भनाइ छ।

Leave A Reply

Your email address will not be published.