गएराति देशभर सामान्य वर्षा भएको छ। हिजो दिउँसो कैलाली, कञ्चनपुर लगायतका केही ठाउँमा ठूलो पानी परे पनि राति भेलबाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। हिजोको वर्षाले कैलालीको धनगढी तथा कञ्चनपुरको पुनर्वास, कृष्णपुर, भीमदत्तका केही वस्ती डुबानमा परेका थिए।