बैतडी: पाटन नगरपालिका वडा नं ६ मा नेपाली कांग्रेसको वडा सम्मेलन सम्पन्न भएको छ। पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउन र चलायमान बनाउनका लागि विधान अनुसार वडा सम्मेलन गरिएको वडा सभापति राजेन्द्र बिष्टले बताउनुभयो।
यस्तै कांग्रेसले वडा नं ६ भित्र रहेका नेपाली कांग्रेसका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान समेत गरेको छ । ४१ जनालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको बिष्टले बताउनुभयो।
नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, पाटन नगर सभापति रमेशसिंह महरा लगायतका नेताहरुको उपस्थितीमा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको बिष्टले बताए। नेपाली कांंग्रेसले पार्टीमा योगदान पुर्याएका जिल्लाभरीका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्दै आएको छ। वडा सम्मेलनको क्रममा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको र सोही अनुुसार आज पाटन नगरपालिका–६ मा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयो।
यस्तै कार्यक्रममा पार्टीका क्रियाशील सदस्यहरुलाई सदस्यता समेत वितरण गरिएको छ।