यू–१६ इस्ट जोन कप: मलेशियासँगको सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेशियासँगको खेलमा नेपालले टस जितेको छ। क्वालालम्पुरमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर बलिङ रोजेका छन्।

यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बाङ्गीमा सिङ्गापुरसँगको खेलमा हङकङले टस जितेको छ। हङकङका कप्तान क्रिश बुटानीले टस जितेर ब्याटिङ रोजेका छन्।

नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो। नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो। यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ।

यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेशिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन्। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहान पौने ८ बजे नै हङकङ र सिङ्गापुर खेल्दैछन्।

१६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल पर्सि शनिवार हुनेछ।

Leave A Reply

Your email address will not be published.