टी–२० विश्वकप छनोटमा नेपालले कुवेत र जापानसँग खेल्ने

आईसीसी टी–२० विश्वकप एशिया र पूर्वी एशिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा नेपाल समूह ‘२’ मा परेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरेको हो। समूह ‘२’ मा नेपालसहित, कुवेत र जापान छन्। समूह ‘१’ मा संयुक्त अरब इमिरेट्स (यूएई), मलेशिया र कतार रहेका छन्। समूह ‘३’ आयोजक ओमान, पपुवा न्यु गिनी ९पीएनजी० र सामोआ रहेका छन्।

हरेक समूहका शीर्ष २ टोली ‘सुपर सिक्स’ मा पुग्नेछन्। ‘सुपर–सिक्स’ का शीर्ष ३ टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

ओमानमा हुने एशिया र पूर्वी एशिया–प्यासिफिक छनोट आउँदो अक्टोबर ८ देखि १७ सम्म सञ्चालन हुनेछ। नेपालसहित ओमान, पीएनजी र यूएईले यसअघि टी–२० विश्वकप खेलिसकेका छन्।

Leave A Reply

Your email address will not be published.