कांग्रेस बैतडीका सभापति चन्दले लिए पुराना नेता पार्कीकाे स्वास्थ्य अवस्थाबारे जानकारी

बैतडी–आन्द्रामा समस्या आएपछि नेपाल प्रहरी अस्पताल काठमाण्डौंमा उपचार गराइरहेका कांग्रेस बैतडीका पुराना नेता शेरीराम पार्कीसंग कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले भेटघाट गरेका छन् ।
बैतडीका मेलौली घर भएका नेता पार्कीको पछिल्लो समयमा काठमाण्डौंमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्थाको बारेमा सभापति चन्दले जानकारी लिएको नेविसंघ बैतडीका अध्यक्ष दिपेन्द्र ढुंगालले बताउनुभयो।
नेता पार्कीलाई भेट्न सभापति चन्दका साथै क्षेत्रीय सभापति शिवराज भट्ट पनि अस्पताल पुगेका थिए । पार्कीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको नेविसंघ अध्यक्ष ढुंगालले जानकारी दिनुभयो ।
Leave A Reply

Your email address will not be published.