सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन्। यही साउन १५ गते बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन्।

सोमबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रदेश सभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरिएको छ।

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले विश्वास मत लिनुपर्ने भएको हो।

Leave A Reply

Your email address will not be published.