आज देशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

गएराति पनि देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। केही दिन कमजोर रहेको मनसुनी वायु सक्रिय भएपछि अस्ति बेलुकीदेखि पानी पर्न थालेको हो । तर पर्याप्त वर्षा भने हुन सकेको छैन।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै दाङमा ८५।२ मिलिमिटर र बाँकेमा ७१।२ मिलिमिटर पानी परेको छ। मधेशको पर्सा, रौतहटलगायतका ठाउँमा पनि पानी परेको छ। तर धान खेतलाई हुने गरी अझै पानी परेको छैन।

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भू/भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

Leave A Reply

Your email address will not be published.