आज गण्डकी प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज राति गण्डकी प्रदेशको एकरदुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो। ठूलो वर्षाको सम्भावना रहेको गण्डकीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज दिउँसो पहाडी क्षेत्रका थोरै ठाउँ तथा तराईका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ। गएराति पनि मधेश प्रदेशबाहेक अरु प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो।
मौसमविद् मानन्धरका अनुसार सुक्खाग्रस्त मधेश प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि ठूलो वर्षाको सम्भावना छैन। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। ठूलो तथा लगातार वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।