बैतडी-नयाँ मोटरसाइकल खरिद गरेको खुसी साटेको २४ घण्टा नबित्दै पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका नेपाल प्रहरीका जवान लोकेश भण्डारीको शोकाकुल परिवारलाई आर्थिक सहयोगका लागि अपिल गरिएको छ।
डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडा निवासी प्रहरी जवान लोकेश भण्डारीको नारायणगढबाट कावासोतीतर्फ जाँदै गर्दा भएको दुर्भाग्यपूर्ण दुर्घटनामा अल्पायुमै असामयिक निधन भएको थियो। नयाँ बाइक किनेर फेसबुकमा “निङ्लाशैनी, डाँडा बाघ, विश्वकर्मा बाबा रक्षा गर्नु” भनी खुसी साट्दै अन्तिम स्टाटस राखेका उनको त्यसको भोलिपल्टै दुर्घटनामा परि ज्यान गएपछि सिंगो परिवार र आफन्तहरू मर्माहत बनेका छन्।
तीन महिनाकी दुधे बालिका र पत्नीको बिचल्ली
कर्तव्यनिष्ठ र सबैका प्रिय प्रहरी जवान भण्डारीको अल्पायुमै भएको निधनले उनी पछाडि ३ महिनाकी एक नाबालिका छोरी र पत्नीलाई शोकाकुल छोडेर गएका छन्। आफ्ना बुबा को हुन् भनेर समेत चिन्न नपाएकी कलिलो बाल्यकालकी छोरी र जीवनसंगिनीको भविष्य अन्धकार बन्ने अवस्था आएपछि परिवार तथा शुभचिन्तकहरूले आर्थिक सहयोगको याचना गरेका हुन्। दुर्घटनाले शोकाकुल बनेको यस परिवारलाई अहिले आर्थिक संकटले थप झस्काएको छ।
सहयोगका लागि सार्वजनिक गरिएको विवरण:
परिवारमाथि आइपरेको यो बज्रपातको घडीमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण सुरक्षाकर्मी, आफन्तजन, दाजुभाइ तथा शुभचिन्तकहरूलाई आ–आफ्नो ठाउँबाट सक्दो आर्थिक सहयोग जुटाइदिन आग्रह गरिएको छ। सहयोग रकमको पारदर्शिता र रेकर्ड सुरक्षित राख्नका लागि मृतकका परिवारका सदस्य एवम् नेपाल सरकारका शाखा अधिकृत धिरेन्द्र सिंह भण्डारीको डिजिटल वालेट उपलब्ध गराइएको छस्
Esewa ID: 9851361366
नाम (Name): Dhirendra Singh Bhandari (नेपाल सरकारका शाखा अधिकृत)
पारिवारिक तथा व्यवस्थापन पक्षको अनुरोध:
सहयोग रकम पठाएपछि पारदर्शिताका लागि सम्बन्धित महानुभावले आफ्नो पूरा नाम र सहयोग गरेको भौचर वा स्क्रिनसट सम्बन्धित समाचार तथा पोस्टको कमेन्ट बक्समा राख्न वा ह्वाट्सएपमार्फत पठाउन अनुरोध गरिएको छ। परिवारका तर्फबाट पछि आधिकारिक बैंक खाता सञ्चालनमा आएपछि सोको विवरण पनि सार्वजनिक गरिनेछ।

थप जानकारी तथा सम्पर्कका लागि:
धिरेन्द्र भण्डारी: ९८५१३६१३६६ (ह्वाट्सएप उपलब्ध)
लोकेन्द्र भण्डारी: ९८५१०३३५०६ (ह्वाट्सएप उपलब्ध)