बैतडी जिल्लाको प्रमुख धार्मिक एवम् पर्यटकीय क्षेत्र देवलहाटमा अवस्थित श्री सहस्त्रलिङ्ग धाममा यहि साउन २६ गते दिव्य मेला लाग्ने भएकाले समस्त हिन्दू धर्मावलम्बी श्रद्धालु भक्तजनहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
बैतडी जिल्ला दशरथचन्द नगरपालिका–०४ देवलहाट स्थित सहस्रलिंग धाम यहाँका जनताको धार्मिक पौराणिक पुरातात्त्विक आध्यात्मिक र सांस्कृतिक उन्नतिको धरोहर मात्र नभई ऐतिहासिक पर्यटकीय दुष्टिकोणले पनि महत्वपूर्ण छ। सहस्रालिंग प्रत्येक साउन महिनामा दर्शन गर्नेहरुको घुईचो लाग्ने गर्दछ। साउन महिना सहस्रालिंग दर्शन गरेमा मनोकामना पुर्ण हुने जनविश्वास रहीआएको स्थानीय सांस्कृतिक जानकारी समाजसेवी बुद्धिजीवी बीर बहादुर चन्दलेब ताएछन्। सहस्रालिंग पर्यटकीय प्रचार प्रसारको अभावमा ओझोलमा परेको क्षेत्र हो। यस धार्मिक तथा ऐतिहासिक महत्वपूर्ण छ। यसको महत्वपूर्ण बारे सबैलाई जानकारी नहुँदा ओझेलमा पदै गइरहेको छ। सहस्त्रलिङ्ग धाम साउन महिनाको अन्तिम सोमबार रुद्र अभिषेक पुजाआजा गरिन्छ। सहस्त्रलिङ्ग धाम दर्शन गरि पुर्ण चिताएको फल प्राप्त हुने पुजारी बताए। स्थानीय सरकार उदासीन पुरातात्त्विक महत्त्व बोकेको सहस्त्रलिङ्ग धाम हुँदा पनि स्थानीय सरकारले भने सहस्त्रलिङ्ग धामको संरक्षण, फेला परेका वस्तु राख्ने सङ्ग्रहालय, पुस्तकालय गुरु कुल विद्यालय देवलहाटसम्म पुग्ने स्तरीय बाटो निर्माणमा कुनै चासो नदिएको स्थानीयले बताएका छन्।
जिल्ला सदरमुकाम बैतडीबाट करिब दुई किलोमिटर भित्र देवहाट गाउँमा रहेको सहस्त्रलिङ्ग धामको प्रचारप्रसार हुन नक्सदा यहाँ बाह्य पर्यटक खासै नआएको स्थानीय हरिदत्त भट्टले बताउनुभयो। स्थानीय तह र प्रदेश सरकारले सहस्त्रलिङ्ग धाम सँगै रहेको बस्तीलाई होमस्टेका रूपमा विकास गर्न आवश्यक सहयोग गरेमा सहस्त्रलिङ्ग धाम हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने स्थानीयले अपेक्षा गरेका छन्। विश्वको एकमात्र अलौकिक सहस्त्रलिङ्ग धाम ओझेलमा परेका छन्।
नेपाल कै प्रमुख पर्यटकीय स्थल सहस्त्रलिङ्ग धाम बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा अवस्थित छ। उपर्युक्त मुर्ति अतिरिक्त देवलहरुदेखि उक्त परिचपट्टि थोरै पर एउटा नाउलो पानी खाने कुवा माथि कलात्मक शिवलिङ्ग छ। उक्त शिवलिङ्ग माथि धेरैको संख्यामा लिङ्गका आकृतिहरु कुँदिएका छन्। जसलाई स्थानीय वासिन्दाहरुले सहस्र लिङ्ग भन्ने गर्दछन् । यो लिङ्ग १.९० मिटर परिधि रहेको पीठमाथि प्रतिस्थापित छ। यसको लिङ्ग भाग मात्र ५० सेमी देखि परिधि र पीठिकादेखि माथिको भाग २६० सेमीरहेको छ। यो लिङ्गमाथि १५ वटा तेस्रो रेखामा ऋमबद्ध रुपमा स-साना लिङ्ग खोपिएका छन्। पाण्डेले यो शिवलिङ्गमाथि धेरै संख्यामा लिङ्गका आकृतिहरु कुँदिएका छन्। जो भगवान शिवको १००८ वटा नाम एवम् स्वरूपको प्रतिक हो। प्रारम्भमा यो शिवलिङ्ग त्यहाँका सात वटा देवलहरूमध्ये कुनै एउटामा प्रतिस्थापन गरिएको हुनसक्ने देखिन्छ। उक्त शिवलिङ्ग कहिले कसले स्थापना गरेको हो त्यसका बारेमा सुचना दिने ऐतिहासिक प्रमाण प्राप्त हुनसकेको छैन। नेपालको गौरवको रूपमा रहेको यो ऐतिहासिक तथा पुरातात्विक स्थललाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्न सके यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नमा सहयोग मिल्ने थियो। बैतडी जिल्लाकै एक शक्तिशाली र वरदानी सहस्त्रलिङ्ग धामको रुममा चिनिने सहस्त्रलिङ्ग धाम कहाँ नेपाल भारतका पिथौरागढ डडेल्धुरा कैलाली कञ्चनपुरका प्रशस्त भक्तजनहरू समय समयमा यहाँ पुग्ने गर्दछन् नेपालका धार्मिकमा चर्चित देवलहाट बैतडी सहस्त्रलिङ्ग धाम छुटाउने नमिल्ने गन्तव्य हो।
सहस्त्रलिङ्ग धाम सम्म कच्ची सडक मोटर बाटो छ।
मिति २०८२/४/२६ गते अन्तिम सोमबार सहस्त्रलिङ्ग धामको रुद्र अभिषेक पुजाआजा हुनेभएको सम्पुर्ण भक्तजनहरूमा निमन्त्रण
समय : विहान ८ बजे
स्थान: पिपल रुख शिव कुण्ड नजिकै
दनपा ४-देवलहाट, बैतडी
सम्पर्क नं 9863680660