दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको खेलाडी छनोटका लागि आज अक्सन हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आज दिउँसो तीन बजेदेखि अक्सन शुरू हुनेछ। यो अक्सनका लागि एक सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक भइसकेको छ।
यसअघि चार सय ५८ जना खेलाडीले नाम दर्ता गरेकोमा ती खेलाडीबाट अन्तिम सूची घोषणा गरिएको थियो। एनपीएलमा आठ टोली छन्। ती टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अन्तिम सूचीमा खेलाडी समावेश गरिएको क्यानले जनाएको छ।
खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ। श्रेणी ‘ए’ मा ८ जना, ‘बी’ मा ३५ तथा ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन्। यसबाट ३७ खेलाडीमा मात्र बोली लाग्नेछ।