आज राति देशका बिभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना

आज देशका पहाडी भू-भागका धेरै ठाउँ र मधेस प्रदेशलगायत अरु प्रदेशका तराई भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भागका केही ठाउँ, गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईको भागका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्नेछ। गएराति र बिहानपख केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो।

Leave A Reply

Your email address will not be published.