समाजका जरा कसले कुहाउँदै छन्?

समाज एउटा विशाल रुख हो—जरा बलियो भए पात हराभरा हुन्छन्, फल मिठा लाग्छन्, र कमजोर भए‘ एक दिन रुख सडेर ढल्छ।

नेपाली समाज पनि त्यही रुखजस्तै हो—पिढी दरपिढीको श्रम, विश्वास, र संस्कारले यसलाई सिँच्दै ल्याएको छ। पाखा–पखेरा, खेत–बारी, मन्दिर–चौतारा, गाउँको मेलापात‘यी सबैले यसको जरामा पानी हालिरहेका थिए।तर अहिले, यी जरा बिस्तारै कुहिन थालेका छन्।

कुहाउने हात केही खुला छन्, केही पर्दा पछाडी लुकेका छन। भ्रष्टाचार र व्यक्तिगत स्वार्थ नेपालीको मेलापात कहिल्यै पैसामा नापिन्थ्यो, तर अब कतै योजना कागजमै हराउँछन्, कतै विकासको नाममा आफ्नै घर सजिन्छ।जब सार्वजनिक जिम्मेवारीलाई व्यक्तिगत लाभमा बदलिन्छ, त्यो रुखको जरामा विष बग्न थाल्छ।

असमानता र विभाजन
नेपाली समाजले अतीतमा पनि विभाजन देखेको छ—जात, वर्ग, र आर्थिक अवस्था अनुसार। अहिले पनि समान अवसरको अनुभूति नहुँदाविश्वासको जग हल्लिन्छ,र एउटै गाउँका मानिसहरूबीच अदृश्य पर्खाल उठ्छ।

झूट र प्रचार
पहिले गाउँको चौतारामा कुरा खुला हुन्थे, अब भने चौतारा होइन भट्टी पसल ,होटेल रेष्टुरेण्टका टेबल अफवाह र आधा–सत्यको हल्लाले मानिसको विश्वासलाई धुम्म पार्छ। जब सूचना पक्षपाती हुन्छ, निर्णय गलत बाटोमा मोडिन्छ।

नैतिक मूल्यको ह्रास
“के सही होरु” भन्दा “के सजिलो होरु” भन्ने सोच बलियो हुँदै गएको छ।सत्मार्ग कठिन लाग्न थालेपछि सर्टकटले समाजको विवेकलाई छोप्दै लगेको छ। आफ्नो भन्दा अर्काको राम्रो ठान्ने सोच पलाउदै जादा सास्कृतिक मूल्य मान्यता घटदै, अतिक्रमण हुँदै र बिस्थापित हुँदै गयेका छन।

शिक्षामा कमी
नेपालको साक्षरता बढदै गयेको भये अझै धेरैले जीवनमुखी शिक्षा पाइरहेका छैनन्। ब्यवहारिक ज्ञान भन्दा दिने ठाउँमा सिद्धान्तका ठेलि रटाएर समाज बन्दैन। समीक्षात्मक सोच र सहअस्तित्व सिकाउने शिक्षा
नपुग्दा समाज सतही चमकमै रमाउन बाध्य हुन्छ।

उदासीनता 
सबैभन्दा ठूलो रोग—ूमलाई के मतलब! गलत देख्दा पनि मौन बस्ने बानी गलतलाई बढ्न सहज वातावरण दिन्छ।अर्काले गरेको गल्ति आफूले पनि गर्दै जाने र उसले त गरेको छरु भन्ने बानी बढी रहेको छ।

अन्धानुकरण र परमुखापेक्षी ब्यबहार

हरेक कुरामा आफ्नो राम्रै पनि छोडेर निरन्तर बाह्य अनुकरण बढदै मात्र छैन कि हरेक पर निर्भरता थपिदै थपिदै गरेको छ । स्व मौलिकताले जन्माउने पहिचान संकटापन्न छ।

लुकेका घुन : बाहिरी आवरण, भित्री स्वरूप फरक हुने वर्ग
नेपाली समाजमा पनि यस्तो वर्ग छ—बाहिरबाट “ भलाद्मी ” देखिने तर भित्र स्वार्थ र लोभले भरिएका। हातमा सेवा, मुखमा धर्म, अनुहारमा मुस्कान, तर भित्र मन स्वार्थको भारी बोकेको आत्मा।

-पद, प्रतिष्ठा, वा धर्मको आवरणमा शक्ति कब्जा गर्ने।

-सुधारको नाममा आफ्नै हित सिँच्ने।

-अरूलाई आदर्श उपदेश दिई हिडने, आफैले अरूका लागि लागु गरेको कुरा आफ्नो लागि प्रयोग नगर्ने

–अरूको अवसर काटेर आफ्नो बगैंचा सिँगार्ने।

यसको असर
विश्वासको ह्रास—नेतृत्वप्रति भरोसा घटेको छ। चाहे राजनीतिमा होस् चाहे समाजसेवाका क्षेत्रमा ।

युवामा निराशा — सत्य भन्दा अभिनय सफलू भन्ने सोच बलियो हुन्छ। यो देशमा खतम छ, जहाँ आफू जन्मियो, हुर्कियो, खायो खेल्यो अनि

आफूलाई सक्षम बनायो त्यसै प्रति किन घोर निराशा!
नैतिक क्षय — इमानदार प्रयासको मूल्य घट्छ।सत्कर्मका पछाडि पनि नकारात्मकता खोज्ने। आफूले गरेको गल्ति पनि नस्विकार्ने, चोर औला

सुधारमा अवरोध — गलत नै संरचनाभित्र सुरक्षित रहन्छ। सुधार्न खोज्दा गलत र जिम्मेवारीमा कमजोर नै अबरोध देखिन्छन।

सक्षम र इमानदारहरूको अवस्था
नेपाली समाजमा सक्षम, इमानदार र दूरदर्शी व्यक्तिहरूको कमि छैन्। तर उनीहरू प्रायः दुई कठिनाइको बीचमा काम गर्ने र क्षमता देखाउन अड्किएका छन्—

– संघर्ष र निराशास् बदमासहरूको जालोभित्र
-सत्य बोल्ने र सही गर्ने मान्छेहरू बारम्बार प्रतिरोध भोग्छन्।
-एक्लोपनस् असत्यको भीडमा सत्यको बाटो लामो र सुनसान हुन्छ।
-सीमित प्रभावस् जब शक्ति र स्रोतको नियन्त्रण गलत हातमा हुन्छ तब इमानदार मौन बस्नु पर्ने अवस्था आउँछ। इमानदार प्रयासलाई हिसाबकिताब वा दस्तावेजमा मात्र थुनिन्छ।

तापनि उनीहरूको अस्तित्व अझै समाजको आशाको दियो हो,जसले जरा बचाउने सम्भावना जीवित राखेको छ।

बदमासहरूको अवस्था
बदमासहरूको हालत भने उल्टो छ—

-अस्थायी सफलता
उनका हातमा स्रोत, शक्ति, र प्रचार–प्रसारका सबै चाबी छन्।
-बाहिरी सम्मान

भलाद्मीको आवरणले उनीहरूलाई सम्मान र समर्थन दिलाउँछ।

भित्री भय
तर भित्र कतै एक डर हुन्छ—सत्यको उज्यालो एकदिन आफ्नो छायाँ च्यात्नेछ कि भनेर। अतः उनिहरूको हरदम गल्ति कमजोरी छोप्ने षडयन्त्रमात्रै चलिरहन्छ।

दीर्घकालीन क्षति
आफ्नो लाभका लागि जरा कुहाउनेहरूले अन्ततः आफ्नो घरै ढल्ने बीउ रोपिरहेका छन्। कालो कमाइलाई सेतो बनाउने प्रयास भनेकै भोलिको क्षति न्युनीकरण गर्ने चलखेलमा सीमित हुन्छ। कहिले काँही त देखेकै हुन्छौ धुरी चढेकाहरूको घर जलेको मुस्लोलाई निभाउनै ठूलाबडाको संरक्षण लिइन्छ।

राज्य व्यवस्था र कानूनको कमजोरी
समाजको क्षयमा राज्यको कमजोरी पनि ठूलो कारक बनेको छ।

कानूनको उपस्थिती कागजमै नियम–कानून कागजमा बलिया देखिन्छन्,तर व्यवहारमा उनीहरूको टाउको काटेर राखिएको जस्तो—निर्जीव तुल्य देखिन्छ कानून।दण्ड।हिनता छरपस्ट छ।

कार्यान्वयन फितलो
अनुशासन र न्यायको काम गर्ने संस्थाहरू
कतै हस्तक्षेपमा, कतै उदासीनता र राजनीतिकरणमा फसेका छन्।

-राजनीतिक हस्तक्षेप
कानूनको तौल घडीको काँटाजस्तो—सत्ताको दिशा अनुसार कहिले कडा, कहिले सुस्त। राजनीतिक आडमै ठूला देखि सानासम्मका नियुक्ति हुन्छन।

-साधारण जनताको निराशा जब पीडितलाई न्याय समयमै मिल्दैन, विश्वास केवल नेताको भाषण र अखबारका शीर्षकमा सीमित हुन्छ।

राज्यको यो दुर्बलता बदमासहरूको ढाल बनेको छ, र इमानदारहरूको हात बाँध्ने जञ्जिर बनेको छ।

निर्णय प्रक्रियामा ढिलाइ र चुनौतीहरू
जिम्मेवार निकाय र पदाधिकारीहरूले समयमै उपयुक्त निर्णय लिन नसक्ने अकर्मण्यता सर्बत्र ब्याप्त छ।कानूनी राज्य र समाज ब्यवस्था भताभुङ्ग हुदै गयेको छ। किन भै रहेछ त अकर्मण्यताको अवस्थारु ड्ड संस्थागत कमजोरीस् समन्वय अभाव, अस्पष्ट कानुन, निर्णय प्रक्रियाको ढिलाइ।

राजनीतिक हस्तक्षेप, व्यक्तिगत र दलगत स्वार्थले निर्णयमा प्रभाव।

-जवाफदेहिताको कमीस् गलत निर्णय वा ढिलाइको प्रभावकारी दण्ड नहुनु।
-स्रोत र क्षमता अभावस् आवश्यक तथ्याङ्क, दक्ष जनशक्ति र वित्तीय स्रोतको कमी।
-जोखिम–परिहार मानसिकतास् निर्णयबाट आउने नतिजाबाट डर।
यी यस्ता सबै कुराले राज्यलाई कमजोर बनाउँदै समाजको सुधार प्रक्रियालाई ढिलो बनाउँछन्।

मौनता पनि दोषी छ
नेपाली समाजका जरा बाहिरबाट मात्र होइन,
भित्र लुकेका घुन र राज्यको दुर्बल संरचनाले पनि कुहाइरहेका छन्।
तर दोष केवल तिनै घुनको होइन—
मौन बस्ने हाम्रो पनि हो।
यदि हामी अझै मौन बस्यौं भने,
बाहिर हरियो देखिने यो रुख
एकदिन अचानक ढल्नेछ।
त्यो दिन हामीसँग फल, छायाँ,
र गन्ध पनि रहने छैन—
र जिम्मेवार, हामी सबै हुनेछौं।

जगदीश ओझा ,महेन्द्रनगर

Leave A Reply

Your email address will not be published.