मिलन गुरुङ एक लाख १0 हजार धरौटीमा रिहा

काठमाण्डौ।चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ एक लाख १0 हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले हिजो धरौटीमा छाड्न आदेश दिएको थियो ।

गएको भदौ १0 गते मध्यपुर थिमि-२, दिव्यश्वरी प्लानिङको एक रेष्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले चक्रे मिलनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

यही साउन १५ गते जन्मदिन मनाइरहँदा काठमाण्डौ महाराजगञ्जबाट उनी पक्राउ परेका थिए ।

प्रहरीले चक्रेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रहरी वृत्र् थिमिमार्फत सरकारी वकिलको कार्यालय भक्तपुरमा साउन २३ गते बयान गराएको थियो ।

हिजो बकपत्र र थुनछेक बहस सकिएपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

Leave A Reply

Your email address will not be published.