सेवा निवृत्त शिक्षक पुष्प राज पन्तको भव्य बिदाई

बैतडी-बैतडीको पाटन नगरपालिका-७ मा रहेको उदयदेव माध्यमिक विद्यालयका शिक्षक पुष्प राज पन्तलाई सेवा निवृत्त भएसँगै विहिबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ।उमेर हद पुगेपछि विद्यालयले औपचारिक कार्यक्रम गरी उनलाई सम्मान सहित विदाई गरेको विद्यालयका शिक्षक नरेश प्रसाद भट्टले बताए ।

आजबाट शिक्षण पेशाबाट सेवा निबृत्त हुनु भएका शिक्षक पुष्प राज पन्तलाई शिक्षक र विद्यार्थीहरुले बाजागाजाका साथ बजार परिक्रममा गराई विदाई गरिएको हो ।२०४५ साल बाट उदयदेव माध्यमिक विद्यालयमा शिक्षण सेवा सुरु गरेका पन्तले कुल ३७ वर्ष शिक्षा क्षेत्रमा सक्रिय रहेर योगदान दिएका हुन ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र बहादुर चन्द, व्यवस्थापन समिति सदस्य, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले मायाको चिनो र सम्मानपत्र प्रदान गर्दै सफल भविष्यपको शुभकामना दिएका थिए।

पन्दले भने आफु त्यो ठाउँमा रहदा शिक्षाको स्तर उकास्न इमानदारीका साथ सेवा दिएको बताए। उनले भने, “विद्यार्थीहरू आज विभिन्न ओहदामा पुगेको देख्दा गर्व लाग्छ।”सेवा निवृत्त भएपनि शिक्षा र मानव सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उनले सबैप्रति आभार प्रकट गरेका छन ।

Leave A Reply

Your email address will not be published.