दुध बिक्री गरेर बाजुराका पाण्डेको मासिक ३० हजार आम्दानी

बाजुरा – बाजुराको हिमाली गाउँपालिका –६ का धिमका विन्दराज पाण्डेले दुध बिक्री गरी मासिक ३० हजार आम्दानी गर्दै आएका छन्।

सबै रोजगारी गर्नका लागि जिल्ला बाहिर तथा भारतका विभिन्न ठाउँमा जाने गरेको भए पनि पाण्डेले गाउँमै भैँसी पालेर मासिक ३० हजार आम्दानी गर्दै आएका हुन।

पहिलादेखि गाउँमै बस्ने र भैँसी पाल्ने अनि दुध बिक्री गरेर घर परिवार चलाउँदै आएका पाण्डे अहिले बिहान बेलुकी दुध बिक्री गर्दै आएका छन्। उनी कामको खोजीका लागि पहिलादेखि अहिलेसम्म कतै गएका छैनन्। उनले गाउँमै भैँसी लापेर यहाँका विभिन्न बजारमा दुध बिक्री गद्र्र्रै आएपछि अहिले मासिक तीस हजार आम्दानी गर्दै आएका हुन्। यहाँका सबैले गाउँ बाहिर गएर घरमा छोराछोरी पढाउने गरेको भए पनि विन्दराज पाण्डेले भनेर बजारमा भैँसीको दुध बिक्री गरेर नै छोरालाई राम्रोसँग पढाए।

अहिले उनको छोरा गाउँकै भवानी माविमा पढाउछन। गाउँका सबै रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा हिउँद वर्खामै काम गर्न जाने भए पनि आफू कतै नगएको हिमाली गाउँपालिका –६ धिमका विन्दराज पाण्डेले बताए।

Leave A Reply

Your email address will not be published.