बैतडी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मेलौलीको नगरस्तरीय बैठक सम्पन्न भएको छ। सोमबार पार्टीको नगर कमिटीे कार्यालयमा नगरस्तरीय बैठक सम्पन्न भएको हो।
बैठकले लोकमणि भट्टको संयोजकत्वमा ३०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मेलौलीको नगर कमिटीले जानकारी दिएको छ। यसैगरी प्रत्येक वडामा निर्वाचन समिति गठन गर्ने निर्णय गरिएको नगर कमिटीले बताएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य नरेन्द्र कुवर (बिजय सुन्दर)को प्रमुख आतिथ्यमा बैठक सञ्चालन गरिएको निर्वाचन परिचालन समिति संयोजक भट्टले बताउनुभयो। बैठकमा फागुन २१ को निर्वाचनको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवंम् पूर्व जिविस सभापति परमानन्द भट्ट, पूर्व मन्त्री तथा केन्द्रिय सदस्य माया भट्ट, पूर्व प्रदेश सभा सदस्य तथा केन्द्रिय सदस्य प्रेम प्रकाश भट्ट र केन्द्रिय सदस्य शंकर भण्डारी लगायत नेता कार्याकर्ताको उपस्थिति रहेको थियो।