कपडा बैंक बैतडी विपन्न बालबालिकालाई झोला वितरण गर्दै

बैतडी : कपडा बैंक बैतडी गरिब र बिपन्न परिवारका बालबालिकालाई झोला वितरण गरिरहेको छ। सोमबार मेलौली नगरपालिका–०६ हतरङ्गाका ११ जना विपन्न बालबालिकालाई झोला वितरण गरेको हो।

जगदम्बा माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सबको अवसरमा ११ जना विद्यार्थीलाई झोला वितरण गरिएको बैंकका संयोजक महेश दत्त भट्टले बताउनुभयो। विद्यालयमै स्वंयम उपस्थित भएर झोला वितरण गरेको भट्टले बताउनुभयो।

कपडा बैंककै पहलमा केहिदिन अगाडी शिवनाथ गाउँपालिका ६ स्थित जिम्मेश्वर आधारभूत विद्यालयका गरिब जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको थियो। झोला किन्न समेत समस्या भएका परिवारका बालबालिकाहरुलाई कपडा बैंकको पहलमा झोला वितरण गरिएको हो।

कपडा बैंक बैतडीले हालसम्म ५९० जना विद्यार्थीलाई झोला, न्यानो कम्बल र अन्य शैक्षिक सामग्रीहरु वितरण गरिसकेको छ। २२०० बढि परिवारलाई कपडा बैंक बैतडी र शाखा मेलौलीबाट न्यानो लुगा वितरण गरिसकिएको संयोजक भट्टले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.