जनउत्थान लघुवित्तद्वारा शक्तिखाेरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैतडी: चितवनको कालिका नगरपालिका-०९ शक्तिखाेरमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा सञ्चालन कार्यालय शक्तिखाेरद्वारा Global Money Week 2026 सप्ताहको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।

“Smart Money Talks” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा शक्तिखाेर शाखामा रहेका सम्पूर्ण कर्मचारी तथा बिभिन्न बैंकिक समुहमा आवद्ध ग्राहक सदस्यहरूकाे उपस्थिति रहेको थियो। ईलाका सञ्चालन कार्यालय मंगलपुर चितवन अंन्तरगतकाे शाखा कार्यालय शक्तिखाेरमा कार्यक्रम गरिएको हाे।

कार्यक्रममा जम्मा २५ जनाको सक्रिय उपस्थिति रहेको शाखा सञ्चालन अधिकृत महेश भट्टले जानकारी दिनुभयो। कार्यक्रममा वित्तीय साक्षरता, बचतको महत्व तथा कर्जा व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरिएको जनाईएकाे छ।

कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय ज्ञान अभिवृद्धि गर्दै सचेत नागरिक बन्न प्रेरणा दिएको बताईएकाे छ। 

Leave A Reply

Your email address will not be published.