बैतडीको मेलौली नगरपालिका–०८ कोटिगाउँस्थित गंगेश्वर आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। आज आयोजित सरोकारवाला तथा अभिभावक भेलाले सर्वसम्मत रूपमा नयाँ समिति चयन गरेको हो।
नवनिर्वाचित समितिको अध्यक्षमा नरेशसिंह ठगुन्ना चयन हुनुभएको छ। समितिका सदस्यहरूमा सुन्नरे राम लुहार, ईश्वरी ठगुन्ना र सुमित्रा सुतार ठगुन्ना चयन हुनुभएको छ।
त्यसैगरी पदेन सदस्यका रूपमा वडाध्यक्ष तपेन्द्र बिष्ट, शिक्षक प्रतिनिधिमा सरस्वती बिष्ट साउँद तथा सदस्य सचिवमा विद्यालयकी प्रधानाध्यापक झिमा चन्द रहनुभएको शिक्षक दानसिंह ठगुन्नाले जानकारी दिनुभयो।
भेलामा अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास, विद्यार्थीको नियमितता वृद्धि तथा विद्यालयलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न नयाँ समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
नवनिर्वाचित अध्यक्ष ठगुन्नाले विद्यालयको समग्र विकास, गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा अभिभावक र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका लागि सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने उहाँले बताउनुभयाे।