बैतडी घर भएका एक प्रहरी जवानको मंगलबार राति ड्युटी सकेर चौकीतर्फ फर्किने क्रममा लडेर मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका १ घर भएका खेमराज भट्टको दार्चुलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुलास्थित अस्थायी प्रहरी चौकी होपरीगाडमा कार्यरत प्रहरी जवान खेमराज भट्ट मंगलबार राति १० बजेतिर ड्युटी सकेर चौकीतर्फ फर्किने क्रममा लडेर घट्टकुलोमा खसेपछि गम्भीर घाइते भएका थिए। घटनालगत्तै उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पु¥याइएको थियो।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले भट्टलाई मृत घोषणा गरेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।