पाकिस्तानमा यात्रुबाहक बस भीरमा खस्दा ४० जनाको मृत्यु

पाकिस्तानमा यात्रुबाहक बस भीरमा खस्दा ४० जनाको मृत्यु भएको छ।

दुर्घटनामा आठ जना घाइते भएका छन्। हिजो क्वेटाबाट पेशावर हुँदै राजधानी इस्लामाबादका लागि छुटेको बस दाना सार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

तीब्र गति र क्षमताभन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा गहिरो ढुंगैढुंगा भएको भीरमा खसेको प्रारम्भिक अनुमान छ । घटनास्थल बलुचिस्तान र खैबर पाख्तुनख्वा प्रान्तको सीमावर्ती दुर्गम पहाडी क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा कठिनाइ भएको थियो । घाइतेको उपचार भैरहेको छ।

Leave A Reply

Your email address will not be published.