बैतडीका मिठाई व्यवसायीलाई प्रशासनको निर्देशन, शोकेसमा विवरण नराखे कारबाही हुने

बैतडी-जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्र सञ्चालित होटल तथा मिठाई व्यवसायीहरूलाई आफूले बिक्री गर्ने मिठाईको पूर्ण विवरण देखिने गरी शोकेस वा काउन्टरमा अनिवार्य राख्न निर्देशन दिएको छ ।

प्रशासनले जारी गरेको सूचना अनुसार मिठाईमा प्रयोग गरिएका कच्चा पदार्थ, तयार पारिएको तेल वा घ्युको नाम, उपभोग गरिसक्नुपर्ने (म्याद सकिने)तिथि र प्रतिकिलो मूल्य प्रस्ट रूपमा उल्लेख गरी ग्राहकले देख्ने ठाउँमा राख्नुपर्नेछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही असोज ३० गतेदेखि नै यो नियम कार्यान्वयनमा ल्याउन निर्देशन दिएको भएपनी व्यवसायीहरूले पालना नगरेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालद्वारा हस्ताक्षरित सूचनामा अनुगमनका क्रममा तोकिएको ढाँचामा विवरण नराखेको पाइएमा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम कडा कानुनी कारबाही गरिने उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.