आज साउन १५ गते, नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने परम्परा छ ।
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसला लगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।आजको दिनमा खीर पकाई सबै परिवार जम्मा भएर खाने परम्परा छ ।
नेपाल कृषिप्रधान देश भएकोले कृषकहरूको रोपाईँ सकिएपछि खुसीयाली स्वरूप खीर खाने परम्परा परापूर्वकालदेखि नै मनाइँदै आइएको छ ।