बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाको बिदाइ

बैतडी-बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाको बिदाइ गरिएको छ ।निरौलाको बैतडीबाट सुनसरी जिल्लामा सरुवा भएपछि उनको बिदाइ गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।

जिल्ला प्रशासन कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर सहायक प्रमुख जिल्ला अधिकारी निरौलाको बिदाइ गरिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहँदा निरौलाले इमान्दारिता, सेवा प्रतिको समर्पण, नेतृत्वदायी क्षमतासहित कार्यसम्पादन गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी निरौलाको सरल स्वभाव, सेवाप्रतिको समर्पण, निष्पक्ष कार्यशैली र उच्च कार्यकुशलताले कार्यालयको समग्र कार्यसम्पादन प्रभावकारी बनाउन सहयोग मिलेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.