रसुवा बाढीमा बैतडीका केशव बिष्ट सम्पर्कविहीन

बैतडी – रसुवास्थित लाङटाङ हाइड्रोपावरमा कार्यरत बैतडीका एक युवक भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। सुर्नया गाउँपालिका–५ बिष्टपालीका २४ २५ वर्षीय केशव बिष्ट बाढीपछि परिवारको सम्पर्कमा नआएका हुन्।

परिवारका अनुसार बिष्ट हिजोसम्म नियमित सम्पर्कमा थिए। तर आज बिहानदेखि उनको मोबाइल सम्पर्क विहीन रहेको सुर्नया गाउँपालिका -५ का वडाध्यक्ष केशव बिष्टले जानकारी दिनुभयो।

बिष्ट विगत दुई वर्षदेखि लाङटाङ हाइड्रोपावरमा कार्यरत थिए। बाढीबाट प्रभावित क्षेत्रमा उनको अवस्था पत्ता लगाउन खोजी तथा सम्पर्कको प्रयास भइरहेको भए पनि हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

Leave A Reply

Your email address will not be published.