बैतडी-बैतडीको मेलौली नगरपालिका-६ मा रहेको सरस्वती आधारभूत विद्यालयले आफ्नो २६औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। वार्षिकोत्सवका अवसरमा विभिन्न शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भगवान पोखरेलले विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक पूर्वाधार विकासका लागि सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक पुष्पा भट्टले विद्यालयको शैक्षिक गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।