लगातार वर्षा, सतर्कता अपनाउन बैतडी प्रशासनको आग्रह

बैतडी-लगातार वर्षा भइरहेकाले बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै लगातारको वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको हो ।

प्रशासनले कमजोर जमिन भएका स्थान तथा नदी किनारमा नजान, अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न आग्रह गरेको छ । यस्तै, वर्षा भइरहेको समयमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ग्रामीण तथा कच्ची सडकमा सवारीसाधन सञ्चालन नगर्न पनि अनुरोध गरिएको छ ।

विपद्का कारण तत्काल उद्धार गर्नुपर्ने अवस्था आएमा नजिकको प्रहरी कार्यालय, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बरमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.