महिला मानव अधिकार रक्षकको सुरक्षा तथा स्याहार सम्बन्धी अन्तक्रिया

बैतडी-बैतडीको मेलौली नगरपालिकामा महिला मानव अधिकार रक्षकको सुरक्षा तथा स्याहारसम्बन्धी गहन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

दलित समाज विकास मञ्च बैतडीको आयोजनामा भएको कार्यक्रममा बालविवाह रोकथाम तथा अन्त्यका लागि मानव अधिकार संस्कारको विकास गर्ने विषयमा छलफल गरिएको थियो । बालविवाह अन्त्यका लागि परिवार, समुदाय, स्थानीय सरकार तथा सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुनेमा सहभागीले जोड दिएका थिए ।

कार्यक्रममा बालविवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा भविष्यमा पर्ने असरका विषयमा छलफल गरिएको कार्यक्रम संयोजक सुरेश सेरालाले जानकारि दिए । बालविवाह न्यूनीकरणका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता दलित समाज विकास मञ्च बैतडीका सचिव बलभद्र दयालले गर्नुभएको थियो । कार्यक्रममा मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्द, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, वडा नं २ का अध्यक्ष कृष्णदत्त भट्ट, वडा नं ३ का अध्यक्ष गगन सिंह भाट, वडा नं ७ का अध्यक्ष रामचन्द्र भट्ट, जिल्ला समन्वय समिति बैतडीकी सदस्य निर्मला भट्ट तथा इलाका प्रहरी कार्यालय मेलौलीका प्रमुख दीपेन्द्र बहादुर चन्द लगायतको सहभागिता थियो ।

कार्यक्रममा महिला मानव अधिकार रक्षकको सुरक्षा, संरक्षण तथा उनीहरूले समुदायमा निर्वाह गर्दै आएको भूमिकाका विषयमा समेत छलफल गरिएको थियो ।कार्यक्रमको प्रतिवेदन कार्यक्रम संयोजक सुरेश सेरालाले प्रस्तुत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.