बैतडी –बैतडीको पाटन नगरपालिका–१मा वडास्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको एक कार्यक्रमकाबीच पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले उद्दघाटन गरेको वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले जानकारी दिए ।
युवा खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि युवाहरुकै सहमति क्रिकेट प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष ठगुन्नाले बताए । प्रतियोगिताले वडास्तरमा क्रिकेट खेलको विकासका साथै खेलाडीहरुको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास लिइएको उनले बताए ।
आजदेखि शुरु भएको प्रतियोगितामा १० टीमको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार र दोश्रो हुनेलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।