बैतडीमा देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न पाइने

बैतडी–तिहारको समयमा खेलिने देउसी–भैलो बैतडीमा राति १० बजेसम्म मात्रै खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै तिहारको समयमा खेलिने देउसी–भैलो मार्यादित, व्यवस्थित र अनुशासित ढंगले खेल्न आग्रह गरेको छ । यसका साथै देउसी भैलो राति १० बजेसम्म मात्रै खेल्न पाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै देउसी–भैलो खेल्दा होहल्ला गर्ने, झैझगडा गर्ने , सार्वजनिक शान्तिमा खलल पुर्याउने, मादक पदार्थ सेवन गरेर देउसी–भैलो खेल्ने लगायतका कार्य नगर्न प्रशासनले भनेको छ । देउसी भैलो खेल्ने क्रममा ध्वनी प्रदूषण हुने गरेर माइक, डिजे लगायतका सामग्री बजाउन रोक लगाइएको प्रशासनले जनाएको छ ।

देउसी –भैलो खेल्दा सडक, चोक तथा सार्वजनिक स्थानमा सवारी आवागमन एवं पैदलयात्रीलाई बाधा पुग्ने गरि कार्यक्रम सञ्चालन नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।

यस्तै भुइचम्पा, पटाका,अतिशबाजीजस्ता पदार्थको प्रयोग र विक्रि वितरण नगर्न आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.