मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं-नुवाकोट विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा तीनजनाको मृत्यु भएको छ । सोमबार बिहान करिब ११ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल नुवाकोट विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ,नुवाकोट विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीय बिन्दा थापा मगर र सोही स्थान बस्ने २७ वर्षीया सुनिता थापा मगरको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको हो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

Leave A Reply

Your email address will not be published.