काठमाण्डौ – पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा स्थानीय मखु सहनीका आठ वर्षीय छोरा कुन्दनको ज्यान गएको हो ।
पटाका पड्काउने क्रममा छातीमा आगो लागेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि वीरगञ्जमा रहेको तराई अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको आज ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले गैरकानूनी भन्दै बरामद गर्ने गरे पनि विशेषगरी तिहारका बेला पटाकाको आवाजले ध्वनि प्रदूषण सहित वातावरणलाई प्रदूषित बनाउने गरेको छ ।