काठमाण्डौ-मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ । पाँच जना घाइते भएका सशस्त्र प्रहरी बलले जनाएको छ। काठमाण्डौबाट सर्लाहीका लागि छुटेको माइक्रोबस दुर्घटना भएको हो ।
माइक्रोबसमा रहेका १५ जनामध्ये १० जनाको ज्यान गएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण छ । दुर्घटनामा घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका छन् ।
मधेश प्रदेश ०३–००१ ज ०८–८८० नम्बरको माइक्रोबस बिहान ६ बजेतिर दुर्घटना भएको हो ।