बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका–४ निग्लाडस्थित रायपुर आधारभूत विद्यालयले देउसी–भैलो कार्यक्रमबाट ५२ हजार ५७५ रुपैयाँ नगदसहित ५० किलो चामल संकलन गरेको छ।
नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने, विद्यार्थीलाई मनोरञ्जनात्मक तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक भरत चन्दले जाबताए ।
कार्यक्रमबाट संकलित रकम तथा खाद्यान्न विद्यालयको शैक्षिक र भौतिक विकासमा उपयोग गरिने जनाइएको छ।
विद्यालयका शिक्षक लक्ष्मण चन्दले कार्यक्रमबाट ५२ हजार ५७५ रुपैयाँ नगद र ५० किलो चामल संकलन भएको जानकारी दिए । ।