बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले आज र भोलि दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ धाममा आज र भोलि जात्रा हुने भएकाले गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
शिवनाथ धामको जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै दुई दिन स्थानीय सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए ।
शिवनाथ धामको जात्रा आजदेखि शुरु हुँदैछ । शिवनाथ धाममा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा हुने गरेको छ । यो जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।