मेलौली भगवती मन्दिरमा आज रतेडी र भोली दिउसेडि मेला लाग्ने

बैतडी-बैतडीको मेलौली नगरपालीका–०१ मा रहेको बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ आजबाट सुरु भएको छ। कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन आज रतेडि भोली दिउसेडि मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए।

देहिजाँतको रूपमा परिचित मेला बलि सहितको भव्य रुपमा लाग्ने गर्छ। मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन। मेलामा ब्यापार गर्नको लाछि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन।

उक्त जात्राको अवसरमा यही आज र भोली नगरपालिका मातहत सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले उल्लेख गरेको छ ।

मेलौली भगवतीको जात्रामा स्थानीयहरुको सहभागितालाई दृष्टिगत गर्दैै नगरपालिकाले हरेक बर्ष बिदा दिँदै आएको छ । मेलौली भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।

यस्तै जात्रालाई व्यवस्थित र मार्यादित बनाउन दुई दिन मदिराको विक्रि वितरण र सेवनमा रोक लगाइएको छ । मेलौली नगरपालिकाले एक सूचना जारी गर्दै मन्दिर आसपासका क्षेत्रमा मंसिर ७ र ८ गते मदिराको कारोबार गर्न नपाइने उल्लेख गरेको छ ।

मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

Leave A Reply

Your email address will not be published.