बैतडीको पञ्चेश्वर गाउँपालिका –४ स्थित कैलपाल मन्दिरमा धुरा जात मंसिर १३ र १४ गते

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिमा४ मा रहेको प्रसिद्ध शक्तिपीठ कैलपाल मन्दिरमा लाग्ने धुरा जात मंसिर १३ र १४ गते लाथ्ने भएको छ ।

१३ पहिलो दिन रतेडी र १४ दिउसेडी मेला लाग्ने वडा अध्यक्ष जनक बहादुर चन्दले बताए ।

कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको पञ्चमी र षष्ठी तिथीमा जात्रा लाग्दै आएको छ । उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन्।

जिल्लाका अन्य शक्तिपीठ तथा मन्दिरहरुमा कार्तिक शुक्ल पक्षमा जात्रा लाग्ने गरेको भएपनि पञ्चेश्वर स्थित कैलपाल धुरा मन्दिरमा मंसिर कृष्ण पक्षमा जात्रा लाग्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.