सिद्धेश्वर स्वास्थ्यचौकीमा आँखा शिविर १६० जनाले लिए निःशुल्क सेवा

बैतडी–बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकीमा सञ्चालन गरिएको एक दिने निशुल्क आँखा शिविरमा १ सय ६० जनाले सेवा लिएका छन् ।

आँखा अस्पताल डडेल्धुराको आयोजनामा सञ्चालन भएको शिविरमा आँखासम्बन्धी समस्या भएका नागरिकहरुले सेवा लिएका सिद्धेश्वर स्वास्थ्यचौकीका प्रमुख जयराज भट्टले जानकारी दिए ।

शिविरमा आएकामध्ये २६ जनामा मोतिबिन्दुको समस्या देखिएको र उनीहरुलाई अप्रेशनका लागि छनौट गरिएको भट्टले बताए ।

मोतिबिन्दुको समस्या देखिएका बिरामीहरुको यही मंसिर १९ गते आँखा अस्पताल डडेल्धुरामा अप्रेशन हुने स्वास्थ्यचौकी प्रमुख भट्टले बताए । स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरले स्थानीय नागरिकहरुलाई सहज भएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.