गौतमबुद्ध रङ्गशाला निर्माणलाई तीव्रता दिन मन्त्री लम्सालको निर्देशन

काठमाण्डौ-सरकारले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिने भएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । निरीक्षणका क्रममा उहाँले फ्लडलाइट जडान, दर्शक सिट तथा फर्निसिङको काम दुईरतीन महिनाभित्र सम्पन्न गर्ने गरी तत्काल टेन्डर प्रक्रिया अघि बढाउन भवन विभागसँग समन्वय गर्न निर्देशन दिनुभयो ।

मन्त्री लम्सालले आउँदो एनपिएल प्रतियोगिताका खेलहरू विभिन्न मैदानमा विकेन्द्रित गरी सञ्चालन गर्ने निर्णय भएमा चितवनमा पनि खेल हुन सक्ने सम्भावना रहेको बताउनुभयो । यद्यपि, रङ्गशालामा खेल हुने वा नहुने भन्ने विषय नेपाल क्रिकेट सङ्घ ९क्यान० को निर्णयमा निर्भर रहने उहाँको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.