मेलौली न्यूज
असार बुधबार,२०७९
सामाजिक सञ्जाल कम्पनी ट्विटर विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ । ट्विटर किन्ने सम्झौता रद्द गरेसँगै कम्पनीले टेस्लाका प्रमुख कार्यकारी निर्देशक मस्कविरुद्ध अमेरिकाको डेलावेयर अदालतमा मुद्दा दायर गरेको बीबीसीले जनाएको छ ।
एलन मस्कले गएको शुक्रवार ट्विटर नकिन्ने बताएपछि ट्विटरले अमेरिकाको डेलावेयर अदालतमा मुद्दा दायर गरेको हो । ट्विटरका अध्यक्ष ब्रेट टेलरले यसबारे जानकारी दिनुभएको छ ।
गएको अप्रिलमा मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता गर्नुभएको थियो । त्यस बेला ट्विटरको प्रतिशेयर ५४ दशमलव २० डलरमा किन्ने सम्झौता भएको थियो। अदालतले मस्कलाई सम्झौता पूरा गर्नुपर्नै आदेश दिनुपर्ने कम्पनीको माग छ ।
तर गएको शुक्रवार एलन मस्कले ट्विटरले ुस्पामु र नक्कली खाताहरूको सङ्ख्याबारेमा पर्याप्त जानकारी नदिएकाले पछि हटेको बताउनुभएको थियो ।
एलन मस्क सम्झौताका लागि सहमत भएपछि टेस्लाको शेयरको साथै शेयर बजार घटेको र टेस्लामा मस्कको हिस्सा घटेको ट्विटरले दायर गरेको मुद्दामा भनिएको छ । एलन मस्कको सम्पत्तिमा नोभेम्बरमा सन् २०२१ को उच्च अङ्कबाट एक सय बिलियन डलर घटेको छ र यही कारण उनी यो सम्झौताबाट बाहिर आउन चाहेको बताइएको छ ।
उज्यालो अनलाईनबाट