नेपालको फुटबल सिजन असोजदेखि सुरु हुने

मेलौली न्यूज
श्रावण २७ शुक्रबार,२०७९

नेपाली फुटबलको नयाँ सिजन असोजदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०को दोस्रो कार्यसमिति बैठकले ए डिभिजन लिग, नेपाल सुपर लिग ९एनएसएल० लगायतका प्रतियोगिताको मिति तय गरेको छ ।

कार्यसमितिको निर्णयअनुसार तय भएका फुटबल प्रतियोगिता असोजदेखि अर्को वर्ष असारसम्म सञ्चालन हुनेछन् ।

ए डिभिजन लिग
फुटबल सिजन ९ महिनाको भए पनि फुटबलको मेरुदण्ड मानिने ए डिभिजन लिग भने करिब तीन महिना मात्र चल्ने छ ।

ए डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म गर्नका लागि प्रस्ताव भएको छ । निर्णय सार्वजनिक नभए पनि त्यही मितिमा लिग गर्ने एन्फाको तयारी रहेको महासचिव किरण राईले जानकारी दिए ।

‘ए डिभिजन लिगको पनि मिति प्रस्ताव भएको छ तर विज्ञप्तिमा त्यहाँ छुटेछ । अब साधारण सभाबाट यसलाई अनुमोदन गरिनेछ’, एन्फा महासचिव राईले भने । उनका अनुसार राष्ट्रिय लिगको विषयमा छलफल भए पनि अन्तिम निर्णय भएको छैन ।

एन्फा निर्वाचनअघि पंकज विक्रम नेम्वाङले राष्ट्रिय लिग गर्ने आफ्नो एजेन्डा बनाएका थिए । तर एन्फाले यसबारे तत्काल भने केही निर्णय गरेको छैन । गत वर्ष पनि राष्ट्रिय लिग गर्ने भनिको थियो, तर आयोजना हुन सकेन ।

मंसिरमा कतारमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप हुँदैछ । यस्तै मंसिरमै नेपालमा निर्वाचन पनि हुनेछ । नेपाल सुपर लिगको दोस्रो संस्करण पनि आयोजना गर्नुपर्ने भएकोले यस पटक ए डिभिजन लिग पुसमा सुरु गर्न गर्न लागिएको हो । पोहोर लिग मंसिरमा सुरु गरेर फागुनमा सकिएको थियो ।

असोज १ देखि सी डिभिजन छनोट
फुटबलको सिजनको पहिलो प्रतियोगिताको रुपमा असोज १ गतेदेखि सी डिभिजन लिगको छनोट सुरु हुनेछ । असोज ३० गतेसम्म चल्ने छनोटमा सहभागि टिमको आधारमा आयोजना स्थल तोकिने एन्फाले जनाएको छ ।

त्यसअघि भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौँमा छैटौं साफ महिला च्याम्पियनसिप आयोजना हुनेछ । साफ च्याम्पियनसिप सकिएपछि राष्ट्रिय महिला लिगाको दोस्रो चरणका खेलहरु विराटनगरमा गर्ने एन्फा कार्यसमिति बैठकले निर्णय गरेको छ ।

असोज ३ गते साफ च्याम्पियनसिप सकिनेछ । असोजकै २३ गतेदेखि नेपाल सुपर लिगका लागि मिति उपलब्ध गराउने पनि एन्फाले निर्णय गरेको छ ।

एन्फाले यही समयमा महिला लिगको खेल गर्ने जनाएको छ । ‘यता एनएसएल भए पनि उता महिला लिग आयोजना हुन्छ । साफ महिला लगत्तै महिला लिग हुनेछ’, महासचिव राईले भने ।

बंगलादेशसँग मैत्रीपूर्ण खेल
नेपालले असोज दोस्रो साता घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ । असोज ११ गते दशरथ रंगशालमा नेपाल र बंगलादेशबीच खेल हुनेछ । एन्फा कार्यसमिति बैठकको मैत्रीपूर्ण खेल खेल्ने निर्णय पारित गरेको छ ।

बंगलादेशसँगको मैत्रीपुर्ण खेलको लागि कार्यवाहक मुख्य प्रशिक्षकका रुपमा प्रदिप हुमागाईंलाई मनोनयन गर्ने निर्णय पनि बैठकले पारित गरेको छ । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिरामी बिदामा आफ्नै देश कुवेतमा रहेकोले एन्फाले मैत्रीपूर्ण खेलका लागि नयाँ प्रशिक्षक तोकेको हो ।

कार्यसमिति बैठकले अल्मुताइरीको बारेमा अन्य कुनै निर्णय भने गरेन । ‘प्रशिक्षकको विषयमा भने उहाँ बिदामा हुनुहुन्छ र बिरामी पनि भन्ने कुरा छ । छानबिन प्रतिवेदनको विषय पनि टुङ्गिएको छैन । त्यस विषयमा उहाँको धारणाको जवाफ पनि आउन बाँकी छ । यो सबै विषयलाइ ध्यानमा राख्दै अर्को प्रशिक्षक नियुक्त गररिएको हो’, एन्फा महासचिव राईले भने ।

हाल अमेरिकामा रहेका हुमागाईंलाई खबर पठाएको र औपचारिक पत्र पनि पठाउने राईले जानकारी दिए ।

एनएसएल असोज अन्तिमदेखि
फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग ९एनएसएल० का लागि एन्फा कार्यसमितिले असोज २३ गतेदेखिको मिति उपलब्ध गराएको छ ।

तर त्यसअघि एन्फा र एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट ९एनएसइएम०सँगको यसअघिको त्रुटिपूर्ण सम्झौता खारेज गरी नयाँ सम्झौता नवीकरण गरेर एनएसएल गर्ने कार्यसमितिले निर्णय गरेको छ ।

‘नेपाल सुपर लिगको बारेमा विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गरि सम्बन्धित पक्षसँग छलफल गर्न एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको संयोजकत्वमा एन्फा उपाध्यक्षद्वय दिपक खतिवडा, कुमार केसी र सदस्यहरु टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा सदस्य र महासचिव किरण राई सदस्य सचिव रहने गरी ७ सदस्यीय सम्झौता नववीकरण समिति निर्माण गरि, सम्झौता नविकरण गरि २०७९ आश्विन २३ देखि मंसिर २ गतेसम्म एनएसएल संचालनका लागि समय उपलब्ध गर्ने निर्णय गरियो ।’

एनएसएलपछि मंसिर ४ गतेदेखि कतारमा फिफा विश्वकप सुरु हुनेछ भने नेपालमा त्यही दिन नेपालमा प्रतिनिधि सभा निर्वाचन हुनेछ । एक महिना चल्ने कतार विश्वकप पुस ३ गते सकिनेछ ।

त्यसपछि ए डिभिजन लिग गर्ने एन्फाले तयारी गरेको छ । ए डिभिजन लिग सकिएपछि चैत(वैशाखमा बी डिभिजन लिग र वैशाख(जेठमा सी डिभिजन लिग पनि गर्ने एन्फाको योजना छ ।

ललित स्मृति यू–१८ फुटबल
सबै लिग सकिएपछि एन्फाले उमेर समूहको फुटबल प्रतियोगिता ललित स्मृति यू(१८ च्याम्पियनसिप अर्को वर्ष जेठ २९ देखि असार १० गतेसम्म गर्ने निर्णय गरेको।
उमेर समूहका खेलाडीका लागि प्रतिभा देदाउने ठाउँको रुपमा रहेको ललित स्मृति यू(१८ कोभिड(१९ का कारण पछिल्लो दुई वर्ष हुन सकेन । पछिल्लो पटक २०७६ मा ललित स्मृति यू(१८ च्याम्पियनसिप आयोजना भएको थियो ।

एन्फाका पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा २०७३ सालदेखि ललित स्मृति यू(१८ फुटबल आयोजना गर्न थालिएको हो ।

Leave A Reply

Your email address will not be published.