आज, भोलि र पर्सिसम्म देशका धेरै ठाउँको मौसम सफा रहने

काठमाण्डौ-आज, भोलि र पर्सिसम्म देशका धेरै ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण थोरै ठाउँमा मात्रै छिटपुट वर्षा र हिमपातको सम्भावना छ ।

आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली छ । हिमाली एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई, उपत्यका तथा खोँचमा बिहानपख थोरै ठाउँमा हुस्सुरकुहिरो लागेको छ ।

भोलि भाइटीकाका दिन पनि मौसम घमाइलो हुनेछ । हिमाली थोरै ठाउँमा हिमपात तथा पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पर्सि २६ गते बिहीबार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

Leave A Reply

Your email address will not be published.