लिमान सहरलाई रूसी सेनाबाट मुक्त गरिएको युक्रेनको दाबी

मेलौली न्यूज
असोज १७ सोमबार,२०७९

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख सहर लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको बताउनुभएको छ।

रुसले युक्रेनका चार भू–भाग गाभिएको घोषणा गरेपछि किएभ र पश्चिम देशले भर्त्सना गरिरहेका बेला रूसले कब्जा गरेको लिमान सहर सेनामुक्त गरिएको युक्रेनले दाबी गरेको समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई धन्यवादसहित एक भिडियो समेत पोस्ट गर्नुभएको छ ।

जेलेन्स्कीले देशको पूर्वी डोनबास क्षेत्रका थप क्षेत्रहरू यसै हप्ताभित्र पुनः कब्जा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण सुरु गरेको थियो । केही दिन अघि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक समारोहकाबीच डोनेट्स्क, लुहान्स्क, खेअर्सन र जापोरिजिया गरी युक्रेनका चार क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.