शिक्षक बिष्टको हत्या भएको खुलासा, श्रीमान–श्रीमती घटनामा मुछिए

मेलौली न्यूज 
पुस ०६ बुधबार,२०७९ 

बैतडीको पाटनमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको हत्यामा श्रीमान–श्रीमती मुछिएका छन् र उनीहरुलाई बिहीबार सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

स्रोतका अनुसार पुष २ गते कृष्ण माध्यमिक विद्यालयको होस्टेलको पछाडी मृत भेटिएका विष्टको हत्या आरोपमा पक्राउ परेका दुवै जना अभियुक्तले प्रहरी समक्ष अभियोग स्वीकार गरेका छन् ।

घटना भएको राति विष्टले मेरो श्रीमतीलाई बोलाएपछि कोठाबाट बाहिर आएकी थिइन् । के रहेछ भनेर म पनि उनीसँगै आउदा देखेपछि मैले मुक्का प्रहार गरेको हुँ, बयानमा अभियुक्तले भनेका छन्, ‘सोही क्रममा ढलेर उहाँको मृत्यु भयो ।

प्रहरी स्रोतकाअनुसार विष्टको मृत्यु भएपछि लडेको देखाउने उद्देश्यले शव क्याम्पसको होस्टेल नजिकै फालेको उनीहरुले स्वीकार गरेका छन्। ती युवती कृष्ण मावीमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गर्दै आएको बुझिएको छ ।

उनी क्याम्पसकै होस्टेलमा बसेर अध्ययन गर्ने गरेकोमा घटना भएको दिन श्रीमान पनि उनीसँगै थिए । जिल्ला प्रहरी कार्यालय कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रेम शाहीले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताउदै भोलिसम्ममा प्रतिक्षा गर्न आग्रह गरेका छन् । प्रहरीले घटनाको अनुसन्धानका लागि चार जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।

 

स्टार बुलेटिन

Leave A Reply

Your email address will not be published.