बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते जात’ हुने

बैतडी-बैतडीको प्रसिद्ध शिवनाथ देवालयको मन्दिरमा यही कात्तिक ३० गते जात’ हुने भएको छ ।

शिवनाथ मन्दिरमा हरेक वर्ष कार्तिक सप्तमिको राती रतेडी र अष्टमीको बिहान दिसेडी मेला लाग्ने मेला व्यवस्थापन समिति अध्यक्ष क्न सिह धनाडीले बताए ।

शिवनाथ गाउँपालिका–६,मा रहेको प्रसिद्ध शिवनाथ मन्दिरमा मेला लाग्नु अघि धामी र पुजारीले स्थानीय भानमति धारामा नुहाएर आएपछि मेला शुभारम्भ हुन्छ ।

मेलामा छिमेकी मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाट दमाहा बजाएर जात्रा आउने गरेको छ । त्यसैगरि, पाटन नगरपालिका, दशरथचन्द नगरपालिका,डडेल्धुराकोअजयमेरु गाउँपालिका , भागेश्वर गाउँपालिका र भारतको उत्तराखण्ड राज्यबाट समेत दर्शनार्थी आउने गरेका छन् ।

शिवनाथमा असोज नवरात्र, चैत नवरात्र,असार र साउन महिनामा समेत मेला लाग्ने गर्छ । कात्तिक सप्तमी र अष्टमीका दिन लाग्ने मेलामा छालाको गिर खेल्ने भएकाले यो मेलामा दर्शनार्थीको बढी घुइँचो लाग्ने गरेको गर्दछ ।

शिवनाथ गाउँपालिका–५, कफाडीबाट  सामूहिक देउरोसँग छालाबाट बनेको भकुन्डो (गिर) खेल्दै जाने गरेको दृश्य आकर्षक हुने शिवनाथ गाउँपालिका–५,का वडाध्यक्ष केशवबहादुर चन्दले बताए ।

मेलामा स्थानीय खानाका परिकार, बाँस चोयाको डोकोरडालो, कृषि औजार हँसिया, कुटो कोदाला जस्ता वस्तुको व्यापारसमेत हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.